काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आजदेखि अनिवार्य अवकाशमा जानुहुन्छ। दुई वर्षअघि आईजीपीको पदमा नियुक्त भएका उनीले ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश लिँदैछन्।
यो पनि पढ्नुहोस्, नेपाल प्रहरीको ३१ औं आईजीपी दीपक थापा को हुन्?
अब, झण्डै ८० हजारको प्रहरी फौजको नेतृत्वका लागि चार जना एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मैदानमा रहेका छन्, जसको आधारमा नयाँ आईजीपी नियुक्ति हुने अपेक्षा गरिएको छ।
आईजीपी कुँवरले अनिवार्य अवकाश प्राप्त गरेपछि सरकारले नयाँ आईजीपीको नियुक्ति गर्ने तयारी गरेको छ। आज बेलुकी मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३१औं आईजीपी नियुक्त गर्नेछ। सरकारले रिक्त एआईजी र डीआईजी पदमा केहीलाई बढुवा गर्ने तयारी गरेको छ।
आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाशमा जान लागेका छन्।
अनिवार्य अवकाश पाउने एआईजीहरूमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ तथा डीआईजीहरूमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत रहेका छन्।

