काठमाडौं। भारत, मध्य प्रदेशको राजगढ जिल्लामा खल्तीमा राखेको मोबाइल विस्फोट हुँदा १९ वर्षीय युवक गम्भीर घाइते भएका छन् । सारंगपुर निवासी अरविन्द मंगलबार तरकारी किनेर गाउँ फर्किंदै गर्दा मोबाइल पड्कियो, जसले गर्दा उनी मोटरसाइकलबाट लडे ।
स्थानीयले उद्धार गरी अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनको अण्डकोष फुटेको र टाउकोमा चोट लागेको बताएका छन् ।
अरविन्दले केही दिनअघि मात्र पुरानो मोबाइल किनेका थिए, जुन रातभर चार्जमा राखिएको थियो । विशेषज्ञहरूका अनुसार कमजोर वा नक्कली ब्याट्री प्रयोग गर्दा यस्ता विस्फोटको जोखिम बढ्ने गर्छ ।
प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार

