२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पूर्वराजाका गणतन्त्रविरोधी गतिविधिपछि राष्ट्रपति पौडेलको कडा चेतावनी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र नेपाली जनताले बलिदानबाट प्राप्त गरेको उल्लेख गर्दै व्यवस्था बदल्न खोज्नेहरूलाई चेतावनी दिएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आयोजित कार्यक्रममा उनले नेपाली जनताले निरंकुशता अस्वीकार गर्ने स्पष्ट सन्देश दिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय सक्रिय रूपमा व्यवस्था परिवर्तनको संकेत गरेका बेला राष्ट्रपति पौडेलको प्रतिक्रिया आएको हो। उनले जहानीयाँ राणा शासन, पञ्चायत र सक्रिय राजतन्त्रजस्ता निरंकुश व्यवस्थालाई नेपाली जनताले अस्वीकार गरेको उल्लेख गर्दै गणतन्त्र कमजोर पार्ने प्रयासहरू सफल नहुने बताए।

राष्ट्रपति पौडेलले देशको स्थायित्व र जनताको अधिकार रक्षा गर्न सरकार, राजनीतिक दल र नागरिकहरू सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस