२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

छात्राहरूलाई भित्रीबस्त्र फुकाल्न लगाएपछि…

१३ चैत्र , काठमाडौँ । छात्राहरूलाई महिनावारी नभएको प्रमाणित गर्न शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्। महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्।

अठसठ्ठीजना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो र एकएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो। यो भुज शहरमा अघिल्लो मङ्गलवार भएको घटना हो। श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो।बीबीसी

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस