२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

फेरि अर्को सरकारी डिजिटल बोर्ड ह्याक, देखियो आपत्तिजनक सन्देश

काठमाडौं। आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल साइनबोर्ड ह्याक भएको छ।

ह्याकरले बोर्डको नाम हटाएर ‘I Love You Parmila, I Really Love You’ लेखेर प्रर्दशन गरेको छ।

नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्ड ह्याकरले नियन्त्रणमा लिएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

कार्यालय प्रमुख मन आग्री बाहिर रहेकाले घटनाबारे जानकारी पाएको बताए। सूचना अधिकारी इन्द्रबहादुर बिष्टले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायलाई जानकारी दिइएको र अनुसन्धान भइरहेको जानकारी दिए।

यसअघि भरतपुरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयको बोर्डमा प्रधानमन्त्रीविरुद्धको नारा देखिएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस