१८ फागुन , काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री किअर स्टार्मरले न्यानो स्वागत गरेका छन् ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि ह्वाइट हाउसबाट निकालिएका जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित शनिबार लन्डन पुगेका हुन् ।
प्रधानमन्त्री केयर स्टार्मरले स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताएको बीबीसीले उल्लेख गरेको छ । स्टार्मरले जेलेन्स्कीसँग भने, ‘हामी त्यतिबेलासम्म युक्रेनका पक्षमा उभिनेछौँ, जतिबेलासम्म आवश्यकता पर्छ।’ शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स भेट्न अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस पुगेका युक्रेनी राष्ट्रपति जेलेन्स्की ट्रम्पसँगै वार्ता नमिल्दा निकालिएका थिए ।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

