२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

सेयर बजारमा हरियाली, सवा ५ अर्बको कारोबार

१४ चैत्र , काठमाडौँ । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४१.४३ अंकले बढेर परिसूचक २६६३.३० बिन्दु कायम भएको छ ।
३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यो दिन २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको घटेको छ । कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा सृजनशिल लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, अभियान लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस