२०८३ जेष्ठ ४ गते सोमवार | 2026 May 18th Monday

बिमा बोर्डको नयाँ कार्यकारी निर्देशक: को हुन् रघुराज काफ्ले?

काठमाडौं । सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। सिफारिस समितिको सुझावका आधारमा छनौट भएका तीन जनामध्ये तनहुँका डा. काफ्लेलाई नियुक्त गरिएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको नेतृत्वमा गठन भएको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए र स्वास्थ्य बीमा सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

डा. काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष र वैदेशिक रोजगार बोर्डको कार्यकारीको रूपमा समेत कार्य गरेका छन्। उनले श्रमिक कल्याणमा विभिन्न नयाँ कार्यक्रम सुरु गरेका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस