२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

शक्तिशाली भूकम्पबाट म्यानमारमा १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले शोक व्यक्त गर्दै १० लाख रुपैयाँ राहत सहयोगको घोषणा गरेका छन्।

भूकम्पमा म्यानमारका १६४४ जनाको मृत्यु र ३४०८ जना घाइते भएका छन्। भूकम्पको तीव्रता ७.७ मापिएको थियो, जसको धक्का थाइल्यान्डको बैंककसम्म महसुस गरिएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस