२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

उडान भरेको १० घन्टा भएको थियो, एक्कासि सबै ट्वाइलेट जाम भएपछि विमानस्थलमै फर्काइयो जहाज !

२४ फागुन, काठमाण्डौँ । बिहीबार अमेरिकाको सिकागोबाट भारतको दिल्ली उडेको एउटा जहाज दस घन्टा उडेपछि पुन सिकागो नै फर्किएको घटना सार्वजनिक भएको छ । सिकागोको ‌ओआरडी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेको एयर इण्डियाको एआई १२६ फ्लाइट १० घन्टा उडेपछि पुनः सिकागो नै फर्किएको हो ।

एयर इण्डियाको बोइङ ७७७-३७७ इआर जहाजमा प्राविधिक गढबडीका कारण दिल्ली नआई बीचबाटै फर्किएको भनेर एयरलाइन्स कम्पनीले प्रष्टीकरण दिएको थियो । त्यो गडबढी के हो भनेर उड्डयन कम्पनीले भनेको छैन । तर उडेको १० घन्टापछि जहाजको शौचालय जाम भएपछि विमान शिकागो नै फर्काउनुपरेको हो भनेर बिबिसीले समाचार लेखेको छ । बिबिसीका अनुसार उक्त जहाजमा फर्स्ट, बिजनेश र इकोनोमी गरी कुल ३४० भन्दा बढी सिटहरू छन् भने १० वटा शौचालय छन् ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस