२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

भारतमा गाउँ नजिकै लडाकु विमान दुर्घटना

"Fighter Jet Crashes Near Village in India"

गुजरात । भारतको गुजरातमा जामनगरनजिक बुधबार राति एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। यो घटना कलावड रोडको सुवर्दा गाउँ नजिकै भएको हो। दुर्घटनास्थलबाट आगो र धुवाँको मुस्लो देखिएको छ।

दुर्घटनास्थलमा गाउँलेहरू पुगेका छन् । हालसम्म विमानमा कति जना पाइलट थिए र कस्तो प्रकारको विमान थियो भन्ने बारेमा जानकारी खुलाइएको छैन। समाचार एजेन्सी एएनआईले सैनिक स्रोतलाई उद्धृत गर्दै यो ज्यागुअर लडाकु विमान भएको बताएको छ ।

यसअघि मार्च ७ मा हरियाणाको पंचकुलामा प्राविधिक गडबडीका कारण वायुसेनाको ज्यागुअर लडाकु विमान नै दुर्घटनाग्रस्त भएको थियो। लडाकु विमान अम्बाला एयरबेसबाट प्रशिक्षणका लागि उडेको थियो।

यस दुर्घटनामा पाइलट सुरक्षित रूपमा जेटबाट बाहिर निस्कन सफल भए। सोही दिन, रुसी मूलको भारतीय वायुसेनाको एन–३२ परिवहन विमान पश्चिम बंगालको बागडोग्रामा अवतरण गरेपछि दुर्घटनाग्रस्त भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस