२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

चार दिनमै दुई श्रीमान्! दुई बच्चाकी आमा राधिकाको गजब प्रेमकथा

काठमाडौं । भारत उत्तर प्रदेशको सन्त कबीरनगरका बबलू आफ्नै पत्नी राधिकाको बिहे प्रेमी विकाससँग गराएर चर्चामा आएका थिए। तर, उनले चार दिनमै आफ्नो निर्णय बदलेर पत्नीलाई फिर्ता ल्याएका छन्।

बबलूले पत्नी राधिकाको हात विकासलाई सुम्पिएका थिए, तर केही दिनमै उनी विकासकै घर पुगेर पत्नी फिर्ता मागे। उनकी आमाका अनुसार परिवारले पहिल्यै यस्तो निर्णय नलिन भनेको भए पनि बबलूले अटेर गरेका थिए।

बबलू र राधिकाका दुई सन्तान छन्। सुरुमा उनले बालबच्चाको हेरचाह आफैँ गर्ने भन्दै पत्नीलाई बिदा गरेका थिए, तर कठिन भएपछि पुनः राधिकालाई फिर्ता ल्याउन पुगे। विकासले पनि उनलाई फर्काउन सहमति जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले बबलू र राधिका फेरि सँगै बस्न थालेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस