२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

मौरीको टोकाइबाट दिग्गज व्यापारीको निधन, मर्निङ वाक निस्कँदा भयो दुर्लभ घटना

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा एक अनौठो घटना भएको छ। मंगलबार कानपुर क्लब रोडमा “मर्निङ वाक” गर्दै गरेका रवि शंकर अग्रवाललाई मौरीको झुण्डले हमला गरेको थियो।

आसपासका मानिसहरू मौरीबाट बच्न भाग्दा, रविशंकर भाग्ने प्रयास गर्दागर्दै लडे। केही समयसम्म उनी हातखुट्टा चलाइरहेका थिए, र पछि बेहोस भए। उद्धार गरी उनलाई अस्पताल लगिएको थियो, तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे।

मौरीकै हमलाबाट उनको मृत्यु भएको हो वा हृदयघातजस्ता कारणबाट भएको हो भन्ने अझै खुल्न सकेको छैन।

मृतक रवि शंकर अग्रवालका भाइ सुधीर अग्रवालका अनुसार उनी फलामे तार बनाउने व्यवसाय गर्दै थिए। रवि शंकर अग्रवाल कई वर्षदेखि सो क्षेत्रमा “मर्निङ वाक”का लागि जाने गर्दथे।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस