२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

कान्छी श्रीमती ल्याएकै दिन, छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’

२३ चैत्र  , काठमाडौँ । आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरेको थिए ।

आफ्नो अत्याधिक रक्सि सेवन गरेको कारण पीडित युवतीलाई आफन्तहरुले दुलही कोठामा सुताइदिएका थिए । आफ्नो खाटमा जाने अवस्थामा नरहेकी ती युवतीलाई पाहुनाहरुले दुलही कोठा सुताउँदा रातको २ बजेर ३० मिनेटको समय थियो । पीडित युवती बिहानको लगभग ४ देखि ५ बजेको समय अन्तरालमा बलात्कृत भएकी थिइन् ।

एउटै खाटमा नयाँ श्रीमती सम्झिएर आरोपीले छोरीलाई नै बलात्कार गरेको अन्तराष्ट्रिय समाचार पोर्टल मिररमा प्रकाशित छ । आफूलाई त्यस घटनाको खासै याद नभएको र आफू झुक्किएको उनको बयान छ । अदालतमा पेश गरिएको दस्ताबेजमा भनिएको छ,‘पीडित युवती माथि बलात्कार ४ देखि ५ बजेको समय अन्तरालमा भएको हो। पिडित युवतीले कुकर्म रोक्न बिन्ति गर्दा पनि पिताले भने लगातार बलात्कार गरिरहे ।’

रक्सिको नशामा रहेको हुँदा प्रतिकार गर्न नसकेको युवतीले अदालतमा बयान दिएपछि आरोपी पितालाई २ वर्ष ६ महिना जेल सजाय सुनाएको हो । पहिलो श्रीमतीबाट जन्मिएकी छोरीसँग आरोपी कयौं वर्ष देखि सम्पर्कमा थिएनन्। आफ्नो विवाहकै लागि उनले छोरीलाई निमन्त्रणा पठाएर डाकेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस