२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रवि पक्राउलाई लिएर अन्तर्राष्ट्रिय ढोका ढकढक्याउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेको रातारात पक्राउलाई संविधान र विधिको शासनमाथि गम्भीर आक्रमण बताइन्।

गौतमले सोधिन्, ‘पक्राउ पुर्जी बिना घरमा जानु र गिरफ्तारी प्रक्रिया अघि बढाउनु कानूनी उल्लंघन होइन र?’ उनले यो घटनालाई ‘नियोजित बलमिच्याइँ’ र मानव अधिकार उल्लंघनको मुद्दा भनेकी छिन्।

उनीहरू यसलाई अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासम्म पुर्याउने तयारीमा छन्। गौतमले भनिन्, ‘यदि मानव अधिकार आयोग मौन बस्छ भने, ‘अब हामीले अन्तर्राष्ट्रिय मानव अधिकार नियोगमा ढोका ढकढक्याउने बेला हो।’

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस