२७ चैत्र , काठमाडौँ । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।
हज यात्रा अघि र यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो ।
रिपोर्टअनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ । भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन छन् । साउदी अधिकारीहरूले उमराह भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार

