२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छानीछानी हिन्दूको हत्या गरिँदै

१० बैशाख , काठमाडौँ । भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो । भारतीय सञ्चारमाध्यम एबीपीले १६ जना मृतकको नाम सार्वजनिक गरेको गरेको छ । जसमा नेपालका सन्दीप सुवेदी पनि रहेका छन् । एबीपीले सार्वजनिक गरेको लिस्टमा सुवेदीको नेपालको ठेगाना खुलेको छैन ।

त्यस्तै हत्या हुनेमा एक जना यूएइका पनि रहेका छन् भने बाँकी भारतका विभिन्न राज्यका अधिकांश पर्यटक रहेका छन् । आतंककारीहरुले हिन्दूलाई छानिछानी हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा झाडीमा लुकेर बसेका आतंककारीहरुको हमला गरेका थिए । मृतकहरु सख्या बढ्न सक्ने भारतीय समाचार एजेन्सीहरुले बताएको छ । सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए । आतंकवादी हमला भएसँगै साउदी अबरको भ्रमण रद्ध गरेर भारतीय प्रधाननमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कर्दैछन् । लिस्टमा नेपालमा ठेगाना खुलेको छैन ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस