२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

प्रधानन्यायाधीशले पूर्वराजासँग भेटको खबर लेख्ने मिडियाविरु मुद्दा दर्ता

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको समाचारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्चका कर्मचारी कमला रेग्मी र रमेश बजगाईंले नेपाली पेन अनलाइनविरुद्ध मुद्दा दायर गरेका हुन्।

समाचार सोमबार प्रकाशित भए पनि हाल हटाइएको छ। मुद्दा आज न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी चढेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस