२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

प्रेमीसँग मिलेर श्रीमानको हत्या : टुक्रा-टुक्रा पारेर ड्रममा हालियो शव, माथिबाट घोलिएको सिमेन्ट हालेर बन्द !

२१ चैत्र , काठमाडौँ । भारतीय राज्य उत्तर प्रदेशमा प्रेमीसँग मिलेर श्रीमान सौरभको हत्या गरेकी मुस्कान हाल साहिलसँगै मेरठ जिल्ला कारागारमा छिन् ।
तर दुई जनालाई छुट्टाछुट्टै ब्यारेकमा राखिएको छ, जसका कारण उनीहरू एकअर्कालाई भेट्न सकिरहेका छैनन् ।

आजतकका अनुसार दुवैले जेल प्रशासनलाई एउटै ब्यारेकमा बस्न अनुरोध गरेका थिए । तर जेलको नियमअनुसार यो सम्भव भएन। साहिल र मुस्कानले एकअर्कालाई भेट्न खोजिरहेको बताइएको छ तर जेल प्रशासनले नियमअनुसार यो सम्भव नभएको स्पष्ट पारेको छ । जेलका अधिकारीहरूका अनुसार कैदीको माग जेल नियमलाई ध्यानमा राखेर मात्र विचार गरिन्छ। अहिलेका लागि मुस्कान र साहिलले छुट्टाछुट्टै ब्यारेकमा बसेर आफ्नो सजाय भोग्नुपर्नेछ ।

दुवैलाई जेलभित्रै काम
मेरठ जिल्ला जेल प्रशासनले जेल नियमअनुसार मुस्कान र साहिललाई काम तोकेको छ। दुवैले आफ्नो रुचि अनुसार जेलभित्र काम गर्ने इच्छा व्यक्त गरे, जसलाई जेल प्रशासनले स्वीकार गर्‍यो । जसअनुसार मुस्कानले सिलाइ कटाइ सिक्न माग गरेकी छन् भने साहिलले खेतीपाती गर्ने इच्छा व्यक्त गरेका छन्। कारागार प्रशासनका अनुसार अब दुवै जनालाई आआफ्ना रुचि अनुसार काममा लगाइनेछ ।

तालिमपछि मुस्कान र साहिलले अप्रिल १ देखि आफ्नो रोजाइको काम सुरु गर्नेछन् । मुस्कानले आफ्ना प्रेमी साहिलसँग मिलेर यही मार्च ३ तारिख आफ्ना पति सौरभको हत्या गरेकी थिइन् । अनि शवलाई टुक्रा टुक्रा पारेर ड्रममा राखिन् र माथिबाट घोलिएको सिमेन्ट हालेर बन्द गरिन् । यसबीच श्रीमान् मारेर मुस्कानले प्रेमीसँग होली खेलेको तथा जन्मदिन मनाएका भिडिओ फुटेज पनि सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस