२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

ऐतिहासिक चिहानमा रंगेहात: आपत्तिजनक अवस्थामा पक्राउ परे प्रेमिल जोडी

काठमाडौं । अमेरिका, फ्लोरिडाको बुशनेलस्थित ऐतिहासिक वाइल्ड काउ प्रेरी चिहानघरमा यौनसम्पर्क गर्दै गरेको अवस्थामा एक दम्पती पक्राउ परेका छन्। यो चिहान १८५० को दशकदेखि रहेको हो र २०२१ मा ऐतिहासिक स्थानहरूको राष्ट्रिय दर्तामा सूचीकृत गरिएको थियो।

फ्लोरिडा हाइवे पेट्रोलको रिपोर्टअनुसार वेबस्टर निवासी ३८ वर्षीय जोसेफ लुक ब्राउन र ४६ वर्षीया स्टेफनी के वेगम्यानलाई ग्रेभ नम्बर ४३ मा आपत्तिजनक अवस्थामा भेटेर पक्राउ गरिएको हो। प्रहरी घटनास्थलमा पुग्दा वेगम्यानको कार चिहानको प्रवेशद्वारमा खुल्ला झ्यालसहित फेला परेको थियो र चिहानभित्र दम्पतीलाई रंगेहात पक्राउ गरिएको थियो।

कारको खोजी गर्दा प्रहरीले मेथाम्फेटामाइन, जानाक्स, र अक्सिकोडोन जस्ता प्रतिबन्धित लागूपदार्थहरू बरामद गरेको छ। वेगम्यान लागूऔषधको मुद्दामा काउन्टी जेलमा छन् भने ब्राउनलाई खुट्टाको चोटका कारण अस्पताल भर्ना गरिएको छ। उनको विरुद्ध चाँडै मुद्दा दर्ता हुने बताइएको छ।

यो चिहान १९२४ यता प्रयोगमा छैन र शान्तिपूर्ण स्मृतिस्थलको रूपमा चिनिन्छ। तर यो घटनाले ऐतिहासिक स्थलको गरिमा अपमानित भएको स्थानीयवासीले बताएका छन्।

यसअघि पनि साहसिक जीवनशैली अपनाउने जोडीहरूको अनौठा व्यवहार सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसले यस्ता घटनालाई थप चासोको विषय बनाइरहेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस