२१ चैत्र, काठमाण्डौँ । सुनसरी इनरुवाकी विमला थापा पोखरेल श्वासप्रश्वाससम्बन्धी समस्या लिएर मोरङको नोबेल मेडिकल कलेज पुगेकी थिइन्। डॉ. रामहरि घिमिरेको रेखदेखमा उपचारपछि निको भई डिस्चार्ज हुन लागेकी विमलाको ढाड दुख्ने समस्या देखिएपछि डा. घिमिरेले ‘मोर्फिन’ नामक औषधि सेवन गर्न लगाएको परिवारको आरोप छ।
मोर्फिन सेवनपछि विमलालाई ज्वरो र श्वासप्रश्वासमा गम्भीर समस्या उत्पन्न भयो। रातभरि छटपटाएपछि बिहान बेहोस भई आईसीयूमा राखिएको थियो, तर अस्पतालले मृत घोषणा गर्यो। विमलाका श्रीमान् महेश्वर पोखरेलले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै मोरङ जिल्ला अदालतमा ५ करोड क्षतिपूर्तिको मागसहित फिरादपत्र दर्ता गरेका छन्।
परिवारको आरोप
फोक्सो रोग विशेषज्ञ डाक्टरले हड्डीसम्बन्धी औषधि दिएका कारण लापरबाही ।
सीओपीडी बिरामीलाई दिन नहुने औषधि तीनपटक १५० एमजी खुवाइयो ।
नर्सले बिरामीको गम्भीर अवस्थालाई बेवास्ता गर्यो ।
अहिले यो मुद्दा अदालतसम्म पुगेको छ, भने चिकित्सकीय लापरबाहीबारे छानबिनको माग उठेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार

