२०८३ बैशाख २९ गते मङ्गलवार | 2026 May 12th Tuesday

रवि थुनाविरुद्ध श्रीमती निकिताको रिट, सर्वोच्चले सरकारलाई दियो यस्तो आदेश

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै उनकी श्रीमती निकिता पौडेल सर्वोच्च अदालत पुगेकी छन्।

सोमबार न्यायाधीश अब्दुल अजीज मियाँको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै लामिछानेलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो।

बन्दी प्रत्यक्षीकरणको रिटमार्फत पौडेलले लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिहाइको माग गरेकी हुन्।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध १ अर्ब ४३ करोड बिगो माग दाबीसहित ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ।

सर्वोच्चको आदेशपछि अब लामिछानेलाई थुनामा राख्ने कारण कानुनी रूपमा स्पष्ट पार्न सरकार बाध्य हुनेछ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस