२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

विमानस्थलको भ्रष्टाचारमा आफ्नो संलग्नता पुष्टि गर्न योगेश भट्टराईको चुनौती

९ बैशाख, काठमाण्डौँ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री भट्टराईले पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरु नै पर्ने दाबी गर्दै आफ्नो संग्लनता पुष्टी गर्न चुनौती दिएका हुन् ।

समाजिक संजाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै उनले आफूलाई यसमा मुछ्नेहरु नै पर्ने र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्। उनले अगाडि भनेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसंग छ । आवश्यक परे सार्वजनिक गरौँला।’

‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पिस छन भन्ने मैले राम्ररी बुझेको छु,’ भट्टराईले लेखेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ । ’ भट्टराईले २०७६ साउन १५ गतेदेदि २०७७ पुस ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा थिए ।

 

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस