२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

भारतद्वारा पाकिस्तानमा हवाई हमला: मसुद अजहरको परिवारका १० सहित ३१ को मृत्यु

काठमाडौं । भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका आतंकवादी शिविरहरूमा बुधबार बिहान मिसाइल हमला गरेको छ। हमलामा जैस–ए–मोहम्मदका संस्थापक मसुद अजहरको परिवारका १० सदस्यसहित कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

भारतले २२ अप्रिलमा पहलगाममा भएका पर्यटकमाथिका आतंकी हमलाको प्रतिशोधस्वरूप कारबाही गरेको जनाएको छ। पाकिस्तानले जवाफी गोलीबारी गर्दै १५ भारतीय नागरिकको ज्यान लिएको दाबी गरेको छ।

पाकिस्तानले भारतको हमला ‘कायरतापूर्ण’ भन्दै निन्दा गरेको छ र आवश्यक प्रतिउत्तर दिने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय समुदाय—रुस, चीन, अमेरिका, बेलायतले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस