२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

भारत-पाकिस्तान तनावप्रति नेपाल सरकारले सार्वजनिक गर्यो पहिलो धारणा

काठमाडौं । पछिल्लो समय बढेको भारत–पाकिस्तान तनावप्रति सरकारले आफ्नो धारणा व्यक्त गरेको छ । नेपाल सरकारले भारतको पहलगाममा अप्रिल २२, २०२५ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएकोमा फेरि दुःख व्यक्त गर्दै नेपालले आतंकवादको कडा निन्दा गरेको उल्लेख छ। नेपालले कुनै पनि छिमेकीमाथि आक्रोश उत्पन्न गराउने गतिविधिका लागि आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको छ। साथै, तनाव न्यूनीकरण र क्षेत्रीय शान्ति तथा स्थिरतामा प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस