२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

भोलि २०८२ वैशाख २३ गते मंगलबार मे ६, २०२५ को राशिफल: ५ राशिका लागि आर्थिक लाभको योग

Aajako Rashifal

२०८२ वैशाख २३ गते मंगलबार मे ६, २०२५ आदित्य योग परेकाले सिंह, तुला लगायत पाँच राशिका व्यक्तिहरूलाई बजरंगबलीको आशीर्वादले ठूलो आर्थिक लाभ हुनेछ। तपाईंको योजना सफल हुनेछन्, आत्मविश्वास बढ्नेछ र कतैबाट शुभ समाचार पनि मिल्न सक्छ। अब राशिअनुसार मंगलबारको राशिफल विस्तारमा

मेषः आज राजनीतिक र सामाजिक क्षेत्रमा चुनौती देखिन्छ। जागिरेहरूले धेरै मेहनत गर्नुपर्नेछ, तर सफलता सम्भव छ। व्यापारीहरूलाई सरकारी काममा केही कठिनाइ हुन सक्छ। खर्चमा नियन्त्रण गर्नुहोस्।

वृषः कार्यस्थलमा अप्रत्याशित समस्या आउन सक्छ। हाकिमसँगको सम्वादमा स्पष्टता राख्नुहोस्। पुरानो लगानीबाट फाइदा मिल्न सक्छ। कला र डिजाइन क्षेत्रका व्यक्तिहरूका लागि दिन राम्रो छ।

मिथुनः नयाँ प्रोजेक्ट वा व्यवसायिक अवसर आउन सक्छ। बुद्धिको प्रयोगले लाभ हुनेछ। विदेशसँग सम्बन्धित काम गर्नेहरूले आम्दानी बढाउन सक्छन्। खर्च बढी भए पनि भविष्यमा लाभ दिनेछ।

कर्कटः जागिरेहरूले नयाँ जिम्मेवारी पाउन सक्छन्। व्यापारीहरूलाई नयाँ अर्डर मिल्ने सम्भावना छ। पारिवारिक खर्च बढ्न सक्छ, त्यसैले बजेट मिलाउनुहोस्।

सिंहः कार्यक्षेत्रमा नयाँ अवसरहरू देखिन्छन्। व्यापारमा साझेदारी सफल हुन सक्छ। यात्रा लाभदायक हुनेछ, तर खर्च गर्दा होसियारी अपनाउनुहोस्।

कन्याः व्यापार र जागिरमा राम्रो अवसर छ। पदोन्नतिको सम्भावना पनि छ। तर साझेदारीमा पारदर्शिता राख्नुहोस् र कानुनी विवादमा सावधानी अपनाउनुहोस्।

तुलाः आम्दानी बढ्नेछ। व्यापारमा विस्तार गर्ने योजना सफल हुन सक्छ। पुरानो अड्किएको पैसा फिर्ता आउने सम्भावना छ। सामाजिक सम्मान बढ्नेछ।

वृश्चिकः जागिर वा व्यापारमा प्रगति हुनेछ। अड्किएको रकम फिर्ता पाउन सकिन्छ। साझेदारसँग समन्वय राख्नुहोस् र भावनामा निर्णय नगर्नुहोस्।

धनुः कानुनी मामिला वा यात्रामा खर्च बढ्नेछ। पुरानो लगानीबाट फाइदा मिल्न सक्छ। शेयर बजारमा सोचेर लगानी गर्नुहोस्।

मकरः नयाँ सम्झौता वा जिम्मेवारी आउन सक्छ। पुरानो साथीबाट लाभ मिल्ने सम्भावना छ। तर लेनदेनमा होसियार हुनुहोस्।

कुम्भः खर्च र कामको दबाब बढी हुनेछ। तर तपाईंको दक्षता देखिनेछ। नयाँ योजना बनाउँदा धैर्य अपनाउनुहोस्।

मीनः कार्यस्थलमा सम्मान बढ्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ। विदेशसँग सम्बन्धित व्यापारमा लाभ मिल्ने सम्भावना छ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस