काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार

