काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ ।
यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला दुई हजार १४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार

