सुनसरी। ‘चौथो सिल्भर म्युजिक अवार्ड’ द्वारा ३० जना कलाकारहरु सम्मानित हुनुभएको छ । प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा थारु भाषाको (नथिया वाली) बोलको गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्राप्त गरेको छ ।
सो अवार्डबाट गायक रत्नदीप चौधरी सम्मानित हुनुभएको हो ।आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको यो गीत चौधरीको थारू भाषामा उत्कृष्ट भएको हो । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनभन्दा बढी चर्चित गीत गाउनुभएको छ । २०५६ मा ‘ए हौ साली झुम्कावाली’ गीत निकै चर्चामा आएको थियो ।

सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरी गायन क्षेत्रमा चम्केका छन् । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनबढी चर्चित गीत गाइसकेका छन् ।
मधेली ४, सुनसरी निवासी गायक चौधरी २०७३ देखि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । तर उनले सोभन्दा अघि नै गायन क्षेत्रलाई आफ्नो रुचीको विषय बनाइसकेका थिए । नेपाल ललितकला क्याम्पसमा स्नातकोत्तर अध्ययन गरिरहेका चौधरीले आफ्नो गायन रुची सानैदेखिएको रहेको बताए ।

अवार्ड कार्यक्रम नेपाल फिल्म सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्ल, सोसाइटीका महासचिव चलचित्र निर्माता÷कलाकार राजेश बिसुराल, नृत्य निर्देशक संघ, नेपालका अध्यक्ष भुवन दास, श्रेष्ठ तथा वरिष्ठ लोक दोहोरी गायक चन्द्र शर्मा, गीतकार तथा पत्रकार सुमन पण्डित, कोरियोग्राफर विनीकान्त झा, रिवन इन्टरटेण्टका अध्यक्ष निशुकान्त झा, विशिष्ट कलाकार राकेश खडका, निर्देशक रोशन कुमार श्रेष्ठ, गायक शंकर लाल श्रेष्ठ, राष्ट्रिय संगीत संघका वरिष्ठ अमृत खाती, निर्देशक पूजा ठकुरी सम्मिलित विशेष आतिथ्यता थिए।
चौथो सिल्भर म्यूजिक अवार्डमा चर्चित अभिनेता केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’को संयोजकत्वमा निर्देशक दिवाकर भटराई, नृत्य निर्देशक केशव कोइराला, निर्देशक उमेश गुरुङ, अभिनेता धु्रव न्यौपने, गायिका शांति कुमारी शाही, मोडल संचिता शाही शाही, मोडल संचिता शाही। कार्यक्रममा चर्चित कलाकारको प्रस्तुति थियो ।

गायक चौधरीको स्वरका गीतहरु अहिले रेडियो नेपाल सहित देशभरका विभिन्न एफ.एम. बाट पनि प्रशारण भइरहेका छन् । चौधरीले विभिन्न समयमा हुने सांस्कृतिक कार्यक्रममा समेत स्टेज गायनको भूमिकामा स्वर दिइरहेका छन् ।
सशस्त्र प्रहरी भित्र पनि गायनमै अभ्यासरत चौधरीले भविष्यमा चर्चित गायक बनेर पहिचान बनाउने सपना बोकेको बताए । खस भाषामा समेत गीत गाउने चौधरीले आफ्नै थारु भाषाका गीत गायनमा बढी रुची रहेको बताउँछन् । उनको निकट भविष्यमै गीतको नयाँ एल्बम रिलिज हुने तयारीमा छ ।

