२०८३ बैशाख २९ गते मङ्गलवार | 2026 May 12th Tuesday

साईबर अपराध मुद्दामा दुर्गा प्रसाईंले पाए सफाई, के अब उनी छुट्छन् ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतिय अपराधको आरोपबाट सफाई पाएका छन् ।
जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।

न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनी विरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो । उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । यो मुद्दामा सफाई पाएपनि तिनकुने विध्वंसात्मक घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।

 

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस