काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि हुने निर्वाचानमा स्वतन्त्र सामाजिक अभियन्ता तथा सञ्चारकर्मी केदार रायमाझी (जीवन) ले सदस्य पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । एनआरएनए अस्ट्रेलियाको २०२५–०२७ कार्यकालका लागि यही जुलाई २६ तारिक शनिबार निर्वाचन हुँदैछ ।
सल्लाहकारहरुसँगको छलफल र विमर्शपश्चात् सामाजिक अभियान्ता रायमाझीले नयाँका कार्यकालका लागि यस पटक सदस्य पदमा उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिए ।
एनआरएनए निर्वाचनमा उम्मेदवारी नदिएपनि अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायप्रति समर्पण, प्रतिबद्धता र सेवाभाव निरन्तर रहने उनको भनाइ छ । उनले स्वतन्त्र सामाजिक सेवा र पत्रकारितामार्फत नेपाली समुदायको हितका निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार

