२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अविवाहितले अब फ्ल्याट भाडामा लिन नपाउने

काठमाडौं । भारतको गाजियावादस्थित सिद्धार्थ विहारको गौर सिद्धार्थम कोलोनीले अब अविवाहित युवालाई फ्ल्याट भाडामा दिन रोक लगाएको छ। कोलोनीको मुख्य ढोकामा ‘ब्याचलरलाई भाडामा लिन अनुमति छैन’ लेखिएको पोस्टर टाँसिएको छ।

कोलोनीका बासिन्दा अरुण सिंहका अनुसार, साइबर अपराध टोलीले हालै एक फ्ल्याटमा छापा मार्दा तीन–चार अविवाहित युवालाई पक्राउ गरेको थियो। उनीहरूबाट २५ लाख भारतीय रुपैयाँ नगद र एक पेस्तोल बरामद भएको थियो, जसले कोलोनीको बदनाम गरेको बताइएको छ।

बासिन्दाले भाडामा बस्ने अविवाहित युवा राति अबेरसम्म हल्ला र अन्य गतिविधि गरेर असुविधा उत्पन्न गर्ने र महिला तथा बालबालिकामा नकारात्मक असर पर्ने बताएका छन्। त्यसैले गत शनिबार बैठक बसेर अविवाहितलाई फ्ल्याट भाडामा नदिने निर्णय गरिएको हो।

कोलोनीमा करिब ५००–६०० भाडामा बस्ने मध्ये १५०–२०० फ्ल्याट अविवाहितले ओगटेका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तानका अनुसार, यस्ता युवाले सम्झौता अवधि समाप्त भएपछि मात्र बस्न पाउनेछन् र सम्झौता नवीकरण नहुने छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस