२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

पहिलो दिनमै सञ्चारमन्त्री खरेलको कडा सन्देश : कर्मचारीलाई दह्रो झट्का

काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहणको पहिलो दिनमै आफ्नो भिन्न शैली देखाएका छन्। सोमबार राष्ट्रपति निवासमा शपथ ग्रहण सकेर मन्त्रालय पुगेका उनीमाथि कर्मचारीले पहिलो निर्णयमा हस्ताक्षरका लागि प्रस्ताव गरेका थिए।

तर, मन्त्री खरेलले तत्काल हस्ताक्षर गर्न अस्वीकार गर्दै सो निर्णयलाई फेरि तयार गर्न निर्देशन दिएका छन्। ‘तयार गरिएको भन्दा केही फरक निर्णयका लागि मेरो अनुरोध छ,’ उनले स्पष्ट सन्देश दिँदै भनेका छन्। यस कदमलाई खरेलको कार्यशैलीबारे प्रारम्भिक सङ्केतका रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस