२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

जेनजी हमलामा परेका देउवा दम्पतीलाई दुई हप्तापछि कस्तो छ ?

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा पूर्ण रूपमा स्वस्थ भएका छन्। नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतका अनुसार उनीहरूको स्वास्थ्यमा कुनै समस्या छैन।

देउवा दम्पतीले आन्तरिक व्यवस्थापनका लागि समय मागेकाले अझै अस्पतालबाट डिस्चार्ज नभएको बस्नेतले बताए। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीहरूलाई आक्रमणपछि सेनाले सुरक्षित स्थानमा राखेको थियो।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस