२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

सुशीला सरकारमा चर्चित पत्रकार जगदीश खरेल पनि मन्त्री बन्दै

काठमाडौँ– पत्रकार जगदीश खरेल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्न लागेका छन्। चुनावी प्रयोजनका लागि गठन भएको सरकारलाई पूर्णता दिने क्रममा खरेललाई मन्त्री बनाउने पक्का भएको स्रोतले जनाएको छ।

खरेल हाल इमेज खबरका प्रधान सम्पादक हुन्। कार्कीले अन्य प्रतिष्ठित पत्रकारलाई पनि सो पदका लागि आग्रह गरेकी थिइन् तर उनीहरूले अस्वीकार गरेका थिए।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस