हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । न्याय सेवा आयोगले १७ सहसचिव र १३ उपसचिव गरी ३० जना न्याय सेवाका अधिकृतहरूको सरुवा गरेको छ। आयोगको बुधबारको निर्णयअनुसार न्याय समूह र सरकारी वकिल समूहमा कार्यरत अधिकृतहरूको सरुवा तथा पदस्थापन गरिएको हो।
यस क्रममा विशेष अदालत, सर्वोच्च अदालत, उच्च अदालत पाटन, जनकपुर र न्याय परिषद् सचिवालयमा कार्यरत सहसचिव र उपसचिवहरूलाई काजमै कार्यरत स्थानमै रजिष्ट्रार तथा सहरजिष्ट्रारमा सरुवा गरिएको आयोगले जनाएको छ।





प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार

