२०८३ बैशाख २९ गते मङ्गलवार | 2026 May 12th Tuesday

कडा एक्सनको तयारीमा उर्जामन्त्री घिसिङ, दिए कडा निर्देशन

काठमाडौं । लामो समयदेखि अलपत्र परेका ऊर्जा, सिँचाइ र पूर्वाधार मन्त्रालयअन्तर्गतका जीर्ण आयोजना अब ठेक्का तोडिने भएका छन्। मन्त्री कुलमान घिसिङले सचिव तथा विभागीय प्रमुखलाई तत्काल सूची तयार गर्न निर्देशन दिएका छन्।

उनले समयमै काम नगर्ने ठेकेदारको अनुहार हेरेर आयोजनालाई रोक्न नदिने बताए। सुनकोशी मरिण बहुउद्देश्यीय योजना, तीनभन्दा बढी सडक र सयौँ पुल आयोजना अलपत्र अवस्थामा छन्।

साथै घिसिङले संसद भवन पुसभित्रै सक्नुपर्ने निर्देश दिएका छन्। हाल भवनको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ र बाँकी इलेक्ट्रिकल, फायर फाइटिङ, फल्स सिलिङलगायतका काम तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस