२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

२७ वर्षीया महिलाको ह`त्या प्रकरण, छिमेकी प`क्राउ परेपछि खुल्यो तथ्य

काठमाडौं । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको तथ्य बाहिरिएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार, सहकारीमा काम सकेर घर फर्कँदै गरेकी रेस्मिकालाई बाटोमै नियन्त्रणमा लिएर ५–६ जनाको आपराधिक समूहले सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको छ। पक्राउ परेका छिमेकी दिपक सार्कीले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन्। बाँकी फरार अभियुक्तहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा अन्त्येष्टि गरिएको हो।

डिएसपी बुढाथोकीले घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी कारबाहीमा ल्याइने बताए। उनले अपराधी पक्राउ नहुँदासम्म खोटाङमा विशेष प्रहरी अपरेशन जारी रहने स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस