२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

जेनजीको आक्रोशमा परेकी पूर्वप्रधानमन्त्रीकी पत्नीले एक हात गुमाइन, यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । गत २४ भदौमा आफ्नै निवासमा भएको जेनजी पुस्ताको तोडफोड र आगजनीका क्रममा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छिन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चिकित्सकको सल्लाह अनुसार शल्यक्रियामा उनको बायाँ हात काटिएको अस्पताल स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ।

पारिवारिक स्रोतका अनुसार, ‘बायाँ हातबाटै एन्टिबायोटिक दिइँदै आएको थियो। उपचारका क्रममा चिकित्सकको सल्लाह अनुसार हात काट्नुपर्ने अवस्था आएको थियो।’ शल्यक्रियापछि उनी अहिले वार्डमा छन् र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस