२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

आमाको नाममा कलं.., प्रेमीलाई खु:शी पार्न आफ्नै ३ वर्षीया छोरीको ह`त्या

काठमाडौं । भारत, राजस्थानको अजमेरमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। २८ वर्षीया अञ्जली (प्रिया नामले पनि चिनिने) ले आफ्नी तीन वर्षीया छोरीलाई अना सागर तालमा फ्याँकेर हत्या गरेको स्वीकार गरेकी छन्।

जानकारी अनुसार, अञ्जली आफ्ना श्रीमानसँग अलग भई प्रेमी अल्केशसँग बस्दै आएकी थिइन्। उनले मंगलबार राति छोरीलाई सुताउने नाममा लोरी गाइन् र त्यसपछि ताल किनारमा घुमाउन लगिन्। केही समयपछि उनले छोरीलाई पानीमा फ्याँकेर हराएको नाटक गरिन्।

सीसीटीभी फुटेजले उनको कथनलाई खण्डन गर्यो। फुटेजमा अञ्जली छोरीलाई काखमा लिएर ताल किनारमा देखिएकी थिइन्, तर करिब १:३० बजे भने उनी एक्लै देखिइन्। भोलिपल्ट बिहान तालमा बालिकाको शव फेला परेपछि अञ्जलीलाई प्रहरीले कडाइका साथ सोधपुछ गर्‍यो। सोही क्रममा उनले अपराध स्वीकारेकी बताइएको छ।

उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, “प्रेमी अल्केशले बारम्बार मेरो बच्चाको विषयमा जिस्क्याउँथे। त्यही तनावले यस्तो कदम चाल्न बाध्य भएँ।”

अञ्जलीलाई प्रहरीले पक्राउ गरी हत्याको मुद्दा दर्ता गरेको छ। अल्केशको संलग्नता भए नभएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस