२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

काठमाडौंमा ११ वर्षीया बालिकामाथि ब`लात्कार : २१ वर्षीय युवक पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ मा बस्ने ११ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बलात्कारको आरोपमा प्रहरीले रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको छ।

साँखु प्रहरी प्रभागबाट खटिएको टोलीले बिहीबार दिउँसो तामाङलाई पक्राउ गरेको हो। उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। अनुसन्धान जारी छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस