२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

महाराजगञ्जबाट समातिएका दुई अमेरिकीको अपराध खुल्यो, जेनजीसँग के छ साइनो?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ।

ब्यूरोका अनुसार कास्की जिल्ला अदालतको आदेशमा बाल यौन दुराचार मुद्दामा कास्की कारागारमा कैद सजाय भोगिरहेका माइकल नोर्मन टेलर र काठमाडौं जिल्ला अदालतको आदेशमा जबर्जस्ती करणी मुद्दामा जगन्नाथ देवल कारागारमा कैद सजाय भोगिरहेका जसोन लोड मुडी भदौ २४ गते फरार भएका थिए।

उनीहरूलाई सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरिएको ब्यूरोका निमित्त प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस