२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

जेनजीलाई समर्थन गर्दै प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिए

काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्री—उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री इ. बसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री संजयकुमार यादवले भदौ २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका छन्।

उनीहरूले बुझाएको राजीनामा पत्रमा देशलाई अस्थिर बनाएको राजनीतिक परिस्थिति, नयाँ पुस्ताको आन्दोलनका माग र भावनालाई आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा संघीयतालाई सुदृढ बनाउन निरन्तर संघर्षरत रहने उल्लेख छ।

यसअघि जेनजी आन्दोलनकै दिन मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि औपचारिक रूपमा नदिएपछि जनमत पार्टीले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको थियो।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस