२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बाइकमा पछ्याउँदै… महिला क्रिकेटरमाथि होटल नजिक यौ न दुर्व्यवहारको घि नलाग्दो घटना!

इन्दौर, भारत — आईसीसी महिला क्रिकेट विश्वकपमा सहभागी अस्ट्रेलियाली टोलीका दुई खेलाडी इन्दौरमा यौन दुर्व्यवहारको शिकार भएका छन्। घटना खजराना रोडस्थित रेडिसन ब्लू होटल नजिक बिहीबार बिहान ११ बजे भएको थियो।

दुवै खेलाडी पैदल क्याफे ‘द नेबरहुड’ तर्फ जाँदै थिए। सेतो सर्ट र कालो क्याप लगाएको बाइक सवार एक युवकले पछ्याउँदै अचानक नजिक आएर एक खेलाडीलाई गलत तरिकाले छोएको बताइएको छ।

घटनापछि खेलाडीहरू डराए र तत्काल अस्ट्रेलियाली टोलीका सुरक्षा अधिकारी ड्यानी सिमन्सलाई खबर गरे। उनीहरू असहज अवस्थामा रहेको देखेर नजिकैका कार चालकले सहयोग गर्दै प्रहरीलाई फोन गरेका थिए।

विदेशी खेलाडीमाथि भएको यस घटनाले भारत र अस्ट्रेलिया दुवै देशका अधिकारीहरू स्तब्ध बनाएको छ। सुरक्षा अधिकारी सिमन्सको उजुरीका आधारमा एमआईजी प्रहरीले शुक्रबार एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस