२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

संसद् विघटनविरुद्ध सर्वोच्चमा ९ वटा रिट दर्ता, सुनुवाइ मिति तोकियो

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बुधबार ९ वटा रिट दर्ता भएका छन्। सर्वोच्च अदालतका अनुसार १० वटा रिट पेस भए पनि तीमध्ये ९ वटा मात्र दर्ता भएका हुन्।

सर्वोच्चले ती रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकेको जनाएको छ।

गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा अदालत परिसरमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण सर्वोच्चको नियमित काम रोकिएको थियो। त्यसपछि बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदन बाहेकका सबै कार्यहरू स्थगित गरिएको थियो।

मंगलबारदेखि रिट दर्ता र सुनुवाइ पुनः सुरु भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरू धमाधम पेस हुन थालेका हुन्।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस