२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

जेनजी प्रदर्शनले गृह मन्त्रालयमा महाविनाश, ५३ हजार नागरिकता अभिलेख खरानी

काठमाडौं। जेनजी प्रदर्शनका क्रममा गृह मन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको छ।

गृह मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार, कतिपय अभिलेखहरू डिजिटाइजेशनको क्रममा कम्प्युटर र ल्यापटपमा इन्ट्री भइसकेका थिए, ती सबै जलेका छन्।

गतवर्ष सरकारले अंगिकृत नागरिकताको विवरण डिजिटाइज्ड गर्ने योजना बनाएको थियो, जसमा करिब १७ हजार विवरण इन्ट्री भइसकेको थियो।

अंगिकृत नागरिकता प्राप्त गर्ने व्यक्ति:

  • नेपाली महिलाले विवाह गरेका विदेशी पुरुष

  • नेपाली पुरुषले विवाह गरेकी विदेशी महिलाहरू

  • नेपाली महिला र विदेशी पुरुषबाट जन्मेका सन्तान

  • नेपालमा १५ वर्ष स्थायी रूपमा बसोबास गरेका व्यक्ति

यी सबै अभिलेखहरू गृह मन्त्रालयमा सुरक्षित राखिएका थिए।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस