२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

गौशालामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

"14-year-old girl's body found buried, grandfather among six arrested"

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय गौशालाका अनुसार शनिबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका गौशालाका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले जानकारी दिए।

उनका अनुसार मृतक सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेका छन्। स्थानीयका भनाइअनुसार, बैठा करिब तीन–चार वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। केही समयदेखि उनी ज्वरो र स्वास्थ्य समस्याबाट पीडित रहेको बताइएको छ।

प्रहरीले अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरे पनि शव परीक्षण रिपोर्ट आएपछि मात्र ठोस कारण भन्न सकिने जनाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस