२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

जेनजी प्रदर्शन : सर्वोच्च अदालतको निर्णयले देशभर हलचल मच्चायो!

काठमाडौं। सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ। गत आइतबार पूर्ण बैठकले यसबारे निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, “जाहेरी तयार भइसकेको छ, भोलि जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता हुनेछ। अहिले कुनै नाम सुनिश्चित गरिएको छैन, प्रहरीले अनुसन्धान गरेर संलग्नहरूलाई कारबाही गरोस् भन्ने हाम्रो चाहना हो।”

जेन–जी आन्दोलनपछि भएको आगजनी र तोडफोडले रामशाहपथस्थित सर्वोच्च अदालतमा २० हजार मुद्दा फाइल र १ लाख ९७ हजार फैसला फाइल जलेका छन्। करिब ५० चारपाङ्ग्रे सवारीसाधन र डेढ सय मोटरसाइकल जले।

सर्वोच्च अदालत प्रशासनले अन्य अदालतमा भएको क्षतिको विवरणसमेत जाहेरीमा समावेश गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस