२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

जेनजी प्रदर्शन : ओली र लेखक प्रकरणमा सरकारलाई सर्वोच्चको झट्का

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने सरकारी निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगलाई आदेश जारी गरेको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले उक्त निर्णय कानूनविपरीत भएको भन्दै रिट दायर गरेका थिए। जेन–जी आन्दोलनको दमन र त्यसपछिका घटनाको छानबिनका लागि बनेको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

त्यस्तै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि स्थानहद तोकिए पनि सरकारी कामकाजका कारण उनको प्रतिबन्ध हटाइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस