२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, आज पनि नयाँ रेकर्ड

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाउँदै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्ला दिनदेखि लगातार नयाँ रेकर्ड कायम गर्दै आएको सुन आज पनि तोलामा १२ सयले वृद्धि हुँदै रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यही सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाउँदै प्रतितोला ३ हजार २५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस